समाज

घुस लिएको अभियोगमा सवइञ्जिनियर पक्राउ

फाइल तस्बिर /नागरिक

काठमाडाैँ - भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन्। आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो।

राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ।

राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो। रासस

प्रकाशित: ६ फाल्गुन २०७६ ०७:३० मंगलबार

घुस सवइञ्जिनीयर पक्राउ