समाज

लागूऔषधसहित ३ पक्राउ

उदयपुर - उदयपुरको बेलका नगरपालिका ९ रामपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ परेका छन्। सोमबार राति विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले सुनसरीका १ सहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलका ९ का ३५ वर्षीय आकाश तिम्सिना, बेलका १ का ३२ वर्षीय विकास बस्नेत र सुनसरीको धरान उपमहानगरपालिका १३ का ३८ वर्षीय प्रणय निरौला रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। लागूऔषध किनबेच भैरहेको भन्ने खबर पाएर खटेको प्रहरी टोलीले तिम्सिनाको घर खानतलासी लिँदा लुकाई छिपाई राखेको अवस्थामा डाईजेल्याप ३ एम्पुल (थान), लीगेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्राभेट ११ ट्याब्लेट, स्पानमोप्रोक्सीवोन प्लस ५९ ट्याब्लेट, डाईलेक्स डिसी हन्ड्रेड २ बोतल र गाँजा ३ सय ग्राम फेला परेको जनाइएको छ।

इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए अनुसार तिम्सिनाको घरबाट लागूऔषधससँगै १५ हजार ५ रुपैंया नगद, मिनी ल्यापटप १ थान र बा १९ च ८४७४ नं. को कारसमेत बरामद भएको छ। उनीहरुलाई इप्का रामपुरकै हिराासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन्।

प्रकाशित: ६ फाल्गुन २०७६ ०४:४४ मंगलबार

लागूऔषध पक्राउ