समाज

भीरबाट लडेर मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं २ मामाङ्खेस्थित सुङ्जाभीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ का जंगेश्वर काम्बाङ रहेका छन्। उनी पाहुना बनेर मामाङ्खे पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार केहिदिन देखि बेपत्ता उनलाई भीरबाट लडेको अवस्थामा मृत फेला पारिएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०७:०२ शनिबार

भीर मृत्यु