समाज

टिपरको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु

कैलाली - टिपरको ठक्करबाट कैलालीमा एक युवकको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका-६ बनबेहडामा ना १ क ८८०३ नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको से ७ प ३९०७ मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनकाअनुसार मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक दाङ गडुवा गाउँपालिका वडा नम्वर ७ का ३० बर्षीय बिष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०७:१३ शुक्रबार

दुर्घटना टिप्पर