समाज

रात्रीकालीन यातायात सञ्चालन गर्दै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्नका सरोकारवाला निकायका अधिकारीहरूलाई आग्रह गरेको छ। महानगरले यसअघि पनि रात्रीकालिन बस सञ्चालनमा ल्याएको थियो। तर त्यो लामो समयसम्म टिक्न सकेन। सहरलाई रातमा पनि जागा बनाउँदै लैजान र यातायात प्रणालीलाई बिस्तार गर्दै लैजान आवश्यक रहेकाले रात्रीकालीन सवारी सञ्चालनमा लागेको महानगरका मेयर विद्या सुन्दर शाक्यले बताए।

साँझ ८ बजेपछिको समयमा यात्रुलाई बाहिर निस्कने वातावरण सहज बनाउनका लागि रात्री बस सञ्चालन गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। रात्रीकालीन यातायातले नेपाल भ्रमण वर्षमा आउने पर्यटकका लागि पनि सहयोग पुग्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक बिमल वस्नेतले बताए। सुरुमा १५ वटा रूटमा ६० वटा सवारी साधन सञ्चालन गर्ने महानगरको तयारी छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:०६ शुक्रबार

रात्रीकालीन_यातायात महानगर