समाज

प्रहरीद्वारा दुई सय ८८ लिटर पेट्रोल जफत

झिमरुक- प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २८८ लिटर पेट्रोल बुधबार जफत गरेको छ। प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे१च १९०३ नंको पिकअपले १६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिएका छन्।

प्यूठान नगरपालिका–८ मा वाग्दुलाको सावित्रा थापाको नोस्सा पेट्रोलपम्पमा बिक्री गर्दै गर्दा १२० लिटर पेट्रोल जफत गरेको प्रहरीले जनाएको छ। जफत पेट्रोल इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको छ। रासस

प्रकाशित: १ फाल्गुन २०७६ १०:५४ बिहीबार

पेट्रोल जफत