समाज

९३ तोला सुन चोरी गर्ने पक्राउ

काठमाडौं – ललितपुरको पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन्।

महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई काठमाडौंको सतुंगल र थानकोटबाट पक्राउ गरेको जानकारी दिएको छ। सीसी टिभी फुटेको आधारमा सुरज पोदार, रंजन पोदार र रबिन पोदार पक्राउ परेका हुन्। उनीहरूले ललितपुर महानगरपालिका– २० श्रीबहाल स्थित राजेन्द्र शाक्यको ‘शाक्य सुनचाँदी पसल’बाट माघ २१ गते पसलको सटर फोडेर सुन गरेको प्रहरीले बताएको छ। प्रहरीकाअनुसार तीन जनाको समूहले बिहान ३ बजेको समयमा ९३.३० तोला सुन चोरी गरेर भागेको बताइएको छ। पसलबाट २ सय ६५ तोला चाँदीका गहना पनि चोरी भएको बताइएको छ।

उनीहरूको साथबाट चोरी गरेका चाँदीका गहना र केही तोला सुनसमेत फेला परेको प्रहरीले बताएको छ। चोरी भएको केही सुन बिक्री गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App