समाज

नागरिककर्मी यादव सम्मानित

लहान- सगरमाथा चौधरी आँखा अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी मिथिलेश यादव सम्मानित भएका छन्। अन्धोपन निवारणको क्षेत्रमा नागरिक पत्रिकामार्फत समयसापेक्ष तथा परिणामुखी सूचना प्रवाहको कृतिमानी भूमिका निर्वाह गरेवापत अस्पतालले यादवलाई सम्मानित गरेको हो।

अस्पतालका अध्यक्ष रबिन्द्रलाल चौधरीले यादवलाई दोसल्ला ओढाएर कदर पत्रबाट सम्मानित गरेका थिए। ३७ वर्षको इतिहासमा पहिलो पटक उक्त अस्पतालले सञ्चारकर्मीलाई सम्मान भएको छ।

 

प्रकाशित: २८ माघ २०७६ १३:०९ मंगलबार

नागरिककर्मी सम्मानित