समाज

कुकुरलाई बचाउन खोज्दा सेतीको खोचमा खसेका युवाको उद्दार

पोखरा- सेती नदीको खोँचमा खसेका एक युवालाई प्रहरीले उद्धार गरेको छ। पार्वती टोल स्थित नदीको खोचमा अड्किएका आकाश गुरुङलाई प्रहरीले सकुशल उद्दार गरेको हो। नदीको खोचमा आफ्नो कुकुर अड्किए पछि कुकुरलाई बचाउन लाग्दा गुरुङ पनि खोचमा खसेका थिए।
खोचमा खसेका गुरुङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए। गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोलीले उनको उद्दार गरेको थियो। उद्दार गरिएका गुरुङको अवस्था समान्य रहेको छ।

प्रकाशित: २७ माघ २०७६ ०७:५४ सोमबार

कुकुर सेती_नदी खोच उद्दार