समाज

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर– फिदिम नगरपालिका–४ थापाटारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा भएको दुर्घटनामा परि चालकफिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्पेक्टर रोहन अर्यालले जानकारी दिए।

एफएक्स निर्माण कम्पनीको ग १ त ३७९९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि एक १२ वर्षिय बालक घाइते भएका छन्। घाइतेको नाम भने खुल्न सकेको छैन। उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

 

प्रकाशित: २५ माघ २०७६ १२:०७ शनिबार

पाँचथर ट्याक्टर_दुर्घटना