समाज

हुम्लामा गर्भवतीको २० घण्टापछि उद्धार

हुम्ला -  सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।

बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया  याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियाे।

सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ। सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन। व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टरबाट उद्धार गरिएको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए।

प्रकाशित: २५ माघ २०७६ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App