समाज

उखुबारीमा महिलाको शव फेला

विराटनगर- गत मंगलबादेखि हराईरहेकी सुनसरी दुहवी–६ की सम्झाना खत्री परियारको शव विराटनगर–१२ बखरीस्थित उखुबारीमा फेला परेको छ। घाँटीमा गहिरो चोट लागेको अवस्थामा महिलाको शव फेला परेको  मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी मानवहादुर राईका अनुसार शुक्रबार बिहान उखुबारीमा फेला परेको शव उनका श्रीमान वसन्त परियारले पहिचान गरेका थिए। बिहान फेला परेको शव दिउँसोमात्रै सनाखत भएको राईले बताए। उनका अनुसार शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

हत्याको कारणबारे मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको राईले जानकारी दिए।

प्रकाशित: २४ माघ २०७६ १२:५३ शुक्रबार

उखुबारी महिला शव