समाज

जेठाजुद्वारा बुहारीको हत्या

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गााउँपालिका वडा नं २ खाल्टेमा शुक्रबार अपराान्ह जेठाजुले बुहारीको हत्या गरेका छन्।

घरायसी रिसीईवीका कारण जेठाजु पूर्णकुमार लिम्बूले बुहारी सुकमायालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी प्रमुख (डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलले जेठाजु पूर्णबहादुरले सुकमायालाई घरमै धारिलो हतियार प्रहार गरेको र उच्च रत्तश्रावका कारण उनको मृत्यु भएको जानकारी आएको बताए।

उनका अनुसार थेचम्बुमा रहेको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। घटनाका बारेमा बिस्तृत अनुसन्धान भईरहेको समेत फुयाँलले जानकारी दिए।

प्रकाशित: २४ माघ २०७६ १२:२९ शुक्रबार

जेठाजु बुहारी