समाज

ट्याकटरमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

महोत्तरी- गौशाला सम्सी सडक खण्ड अन्तर्गत पर्ने औरही नगरपालिका ४ कठुधारमा रोकि राखेको ट्याकटरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। गएराति कठुधार चेकपोस्ट नजिकै भएको सो दुर्घटनामा परि स्थानीय २२ वर्षिय उमेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। प्रहरीका अनुसार यादवले चलाइ रहेको वी आर ३० ई ७६९९ नम्बरको मोटरसाइकल बाटोको छेउमा रोकिराखेको ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको ट्याक्टरमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो।

ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ माघ २०७६ १४:१३ बिहीबार

ट्याकटर मोटरसाइकल_चालक