समाज

चोरीको आरोपमा आठ जना पक्राउ

भक्तपुर- प्रहरीले एक प्रालिबाट टीभीसहित अन्य ईलेक्ट्रोनिक्स सामानहरु चोरी गर्ने आठ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत थिमि भक्तपुरले मिलिनिया ग्लोबल प्रा.लि. को भक्तपुरमा रहेको गोदामबाट बिभिन्न कम्पनीका ६० थान टि.भी.लगायत अन्य ईलेक्ट्रोनिक्सका सामानहरु चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।

प्रालिबाट बृतमा दिएको निवेदनको आधारमा अनुसन्धान गर्दै जाँंदा उक्त कार्यमा प्रा.लि. का कामदारहरु नै संलग्न रहेको भन्ने आधार फेला पारी प्रालिमा लोडअनलोड गर्ने चार जना कामदारलाई पक्राउ गरी सोधपुछ गरिएको जनाइएको छ। पछि उनीहरुको बयानको आधारमा अन्यलाई पनि पक्राउ गरेको बृतले जनाएको छ। उक्त चोरीमा कार्यमा सोही प्रा.लि. मा कार्यरत कामदार, गार्ड र बाहिरका व्यक्तिसमेत मिलेको पाइएको जनाइएको छ। चोरीका सामानहरु बिभिन्न स्थानमा पुर्याएको पाइएकोले चोरीमा कार्यमा संलग्न थप चार जनासमेत पक्राउ गरी उनीहरुलाई अदालतबाट चोरी मुद्दामा म्याद थप गरिएको बृतले जनाएको छ।

पक्राउ गरिएकाहरुमा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा न.४ बस्ने वर्ष २० को सुरज बस्नेत, रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा न.४ बस्ने वर्ष २० को कैलास कार्की, दोलखा बिगु गाउँपालिका वडा न.४ बस्ने वर्ष १९ को सागर बिश्वकर्मा (लामिछाने), भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ बस्ने वर्ष ६३ को शम्भु खड्का, भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ बस्ने वर्ष ५४ को शम्भु के.सी, रामेछाप मन्थली नगरपालिका वडा नं.२ बस्ने वर्ष २२ को प्रमोद अधिकारी र अखलढुङ्गा लिखु गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २२ को शंकर खत्री रहेको जनाइएको छ। चरी चोरी गरिएका सामानमध्ये बिभिन्न साईजका ३५ थान टि.भी, भ्याकुम क्लिनर २ थान, अर्पाट ब्रान्डको हिटर ५ थान, मिक्चर थान ५, अजन्ता कम्पनीको भित्ते घडी थान १ बरामद गर्न सफल भएको जनाइएको छ।

प्रकाशित: २२ माघ २०७६ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App