समाज

वडाध्यक्षको शव फेला, हत्याको आशंका

अछाम – अछाममा एक जना जनप्रतिनिधीको हत्या गरिएको अवस्थामा शव फेला परेकाे छ। नेपाली कांग्रेसबाट निवार्चित पञ्चदेवल बिनायक नगरपालिका वडा नंं. २ का वडाध्यक्ष पदमबहादुर धामीको मंगलवार बिहान शव भेटिएकाे हाे। उनकाे हत्उा भएकाे स्थानीयले आशंका गरेका छन्। 

हत्या कसले र किन गर्यो भन्ने कुरा यकिन हुन नसकेको नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए। घटनाको सत्य तथ्य छानविन गरी दोषी कडा कारबाही हुनुपर्ने उनले बताए।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगगिसकेकाे अछाम प्रहरी प्रमुख दिपक भारतीले बताए। ४० बर्षिया धामीको आज बिहान ६ वजे तिर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: २१ माघ २०७६ ०३:१५ मंगलबार

जनप्रतिनिधी हत्या