समाज

लागूऔषधसहित युवा पक्राउ

उदयपर - उदयपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ। सोमबार साँझ साढे पाँच बजेतिर त्रियुगा नगरपालिका १३ असारी दनुवारी टोलस्थित प्रहरी चेकजाँचको क्रममा सोही ठाउँका २६ वर्षीय नारायण चौधरी पक्राउ परेका हुन्।

बा ३१ प ६६७८ नं. को मोटरसाईकलमा सवार चौधरीलाई प्रहरीले नियमित चेकजाँचको क्रममा खानतलासी लिँदा बिभिन्नखाले ३ थरीका लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार चौधरीको साथबाट डाईजोल्याव नामक लागूऔषध ३३ एम्पुल (थान), लेबलविनाको लागूऔषध २५ एम्पुल र फेनारगन २२ एम्पुल बरामद भएको छ।

बरामद लागूऔषधसहित प्रहरीले चौधरी र उनी सवार मोटरसाईकललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी हिरासतमा राखेको छ। उनीहरुबारे थप अनुसन्धान कार्य सुरु गरेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्  
 

प्रकाशित: २० माघ २०७६ १३:३९ सोमबार

लागूऔषध पक्राउ