समाज

रोल्पामा कृषि क्याम्पस

रोल्पा - रोल्पाको माडिचौरमा कृषि क्याम्पस स्थापना गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायतर्फको प्राकृतीक श्रोत ब्यबस्थापन कलेजको सोमवार उर्जा मन्त्री बर्षमान पुनले उद्घाटन गरेका हुन। कृषितर्फको ४ वर्षे डिस्लोमा कोर्ष पढाई हुने यो क्याम्पसमा प्रतिवर्ष ५८ जनाले अध्ययन गर्नेछन्।

औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उर्जा मन्त्री पुनले विकासको आधार प्राविधिक शिक्षा भएकाले राज्यले त्यतातर्फ ध्यान दिन थालेको बताए। उनले भने ‘बिगतमा बेरोजगार उत्पादन गरेको शिक्षा भन्दा प्राविधिक शिक्षाले विकासमा टेवा पु¥याउने छ।’ सुरुका दिनहरुमा रोल्पा नगरपालिकाले दिएको भवनमा अध्यापन गराईए पनि निकट भबिष्यमा क्याम्पसलाई भौतिक रुपले सम्पन्न बनाइने मन्त्री पुनले बताए।

यसअघि क्याम्पस स्थापनाका लागि स्थानियले केहि निशुल्क र केहि सशुल्क जग्गा उपलब्ध गराइसकेका छन्। रोल्पा नगरपालिकालाई २ जनाको कोटा साथै प्रदेश ५ र कर्णाली प्रदेशलाई १०÷१० कोटा छुटट्याईएको यहाँ यो बर्षका लागि ५४ जना भर्ना भईसकेको कृषि तथा बन विज्ञान विश्वविद्यालय डिन प्रा. जय प्रकाश भट्टले बताए।

क्याम्पस प्रशासनका अनुसार फाल्गुनको पहिलो साताबाट पठनपाठन सुरु हुने छ। उद्घाटन कार्यक्रममा पूर्व सभामुख ओनसरि घर्ती, सांसद देबेन्द्र राज पौडेल लगायतको उपस्थिति रहेको थियो। यो भन्दा अगाडि रोल्पा नगरपालिकाको मेवाङमा सिटिईभिटी शिक्षालय संचालनमा आइसकेको छ।

प्रकाशित: २० माघ २०७६ १०:३३ सोमबार

रोल्पा कृषि_क्याम्पस बर्षमान_पुन