समाज

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौं - काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेल र उनका सवारी चालक सञ्चित दुलाललाई एक लाख नगदसहित पक्राउ गरेको हो।

नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस मागेको सूचनाका आधारमा वलम्बु च्याउ सहाकरी अगाडिबाट आइतबार साँझ उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए। पौडेलमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।

यस्तै  यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेललाई पनि १३ हजार घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि १३ हजार घुस लिँदै गरेकबो अवस्थामा उनलाइृ पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: २० माघ २०७६ ०६:३१ सोमबार

प्रमुख_प्रशासकीय_अधिकृत घुस पक्राउ