समाज

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही- सर्लाहीमा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित गोडैता नगरपालिका–७, मोहन चोकमा नम्वर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–२ निवासी २० वर्षीय उपेन्द्र सोनार र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको हो। बरहथवास्थित लौकठ हीरापुरबाट सदरमुकाम मलंगवातर्फ आइरहेको बीआर ३० एच ६७९८ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई चार चक्के सवारी साधनले ठक्कर दिएको थियो । मोटरसाईकल चलाईरहेका सोनारको घटनास्थलमै तथा यादवको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार गर्दागर्दै आईतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित लालबन्दी नगरपालिका–१६ परवानीपुरमा शनिवार साँझ मोटरसाईकलको ठक्करबाट स्थानीय एक वृद्धाको मृत्यु भएको छ । रानीगञ्जबाट परवानीपुरतर्फ गइरहेको ना. १९ प २१६० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ माघ २०७६ ०४:३३ आइतबार

सर्लाही दुर्घटना