समाज

चिसो छल्न जिल्ला सदरमुकामका स्थानीय दाउरा संकलनमा

छेकान गरी दाउरा संकलन गर्दै उपभोक्ता। तस्बिर/नागरिक

डडेल्धुरा - बेलाबेलाको बर्षा र हिमपातपछि जिल्ला सदरमुकाम खलङ्गका स्थानीय वन छेकानी खुलेपछि दाउरा संकलनमा जुटेका छन्। सदरमुकाम बागबजार छेउ अमरगढी–५कोे श्रृषिखोला सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता दुई सय बढी परिवार वन छेकान गरी दाउरा संकलनमा जुटेका हुन्। श्रृषिखोला सामुदायिक वन उपभोक्ता समूहले दुई दिनका लागि वनमा छेकानी खुला गरेपछि स्थानीय दाउरा संकलन गर्नमै व्यस्त छन्।

वन उपभोक्ता समितिले हरेक वर्ष वन छेकानीको रुपमा खोल्ने गरेको छ। स्थानीयलाई हिउँदमा चिसो छल्न आगो ताप्ने व्यवस्था मिलाउन छेकान खुल्ला गरी वनबाट दाउरा काट्ने गरेको ऋषिखोला सामुदायिक वन उपभोक्ता समितीले जनाएको छ।

नियमअनुसार रुख काट्ने भनेको भए पनि छेकानको नाममा वन तिब्र फडानी भइरहेको उपभोक्ता मञ्जु केसीले बताइन्। बढी दाउरा संकलन गर्ने हेतुले उपभोक्तहरुले भने जथाभावी रुपमा रुख काटेर तिब्र फडानी गरेको उनको गुनासो छ। बाँज प्रजाती कठाँज, काफल, बगलपत्त्या, सल्लाका रुख भएको ऋषिखोला रानि वनबाट स्थानीयले तिब्र रुपमा रुख कटानी गरेको गुनासो स्थानीयकै छ।

स्थानीयको माग अनुसार जाडो मौसममा स्थानीयलाई चिसो छल्न सहज होस् भनि वन छेकानी कार्य खोलेको श्रृषिखोला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष सरिता थापा गुरुङले बताइन्। ‘दिनको तिन घण्टाका दरले घरका दुई जनाले दाउरा काट्ने गरी छेकान लगाएको उनको भनाई छ। यस अघि वनमा प्रत्येक वर्ष छेकान खोली उपभोक्तालाई दाउराको उपभोग गर्न दिने गरेको थियो। उनले भनिन, नयाँ समिति बनेपछि यस बर्ष भने पाँच वर्षपछि मात्रै छेकान गर्न लागेका हौ। उपभोक्ता समितीका पदाधीकारीले रुख देखाई काट्न लगाए पनि कतिपय उपभोक्ताहरुले ज्यालादारीमा मजदुर लगाई दाउरा काट्न लगाएका कारण भनेको नटेर्ने गरेको उनको गुनासो छ।

उपभोक्ता समितीले वनको रेखदेखका लागी चौकीदार समेत राखेको छ। प्रत्येक उपभोक्ताबाट बर्षको तीन सय रुपैयाँका दरले रकम संकलन गरी चौकीदारलाई तलब खुवाउने गरेको अध्यक्ष गुरुङले बताइन्। तोकिएको रकम वर्ष बर्षमा नदिने उपभोक्ताहरुबाट एक मुष्ट रुपमा रकम संकलन गरी दाउरा छेकान गर्न दिएको उनको भनाई छ। केही उपभोक्तहरुले समितिको निर्णय अनुसार वनबाट स्याउला, सोत्तर, घाँस काट्ने गरेका थिए। उनले भन्नि, सबै उपभोक्ताहरुले भने गाई, गोरु, बाख्रा पालन गर्ने गरेका छैन्न। स्याउला, सोत्तर, घाँस नल्याउने उपभोक्ताले वनको कुनै वस्तु उपभोग गर्न नपाएको भन्दै गुनासो गरेपछि छेकानी लगाई दारउला संकलन गरिएको उनको भनाई छ।

वनमा आगलागि नहोस् भनेर हिउँदको समयमा वन छेकान खोलेको वन डिभिजन कार्यालय प्रमुख पुष्पाञ्जली आचार्यले बताइन्। जथाभावी रुपमा रुख कटानी नहोस् भनेर अनुगमन गर्न मान्छे पठाएको उनको भनइ छ।

प्रकाशित: १८ माघ २०७६ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App