समाज

टिपरको ठक्करबाट महिलाको मृत्युपछि छेवेटार तनावग्रस्त

गोरखा- गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको शुक्रबार बिहान मृत्यु भएपछि छेवेटार तनावग्रस्त बनेको छ। गोरखकाली क्रसर उद्योग परिसरमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि हालसम्म पनि अवस्था समान्य बनेको छैन।

महिलालाई ठक्कर दिने चालक प्रहरी नियन्त्रणमा छन् भने ग १ ख ८०२७ नम्बरको टिपरमा आक्रोशित स्थानीयले आगजनी गरेका छन्। क्रसर उद्योगमा रहेका अन्य टिपर, एक्साभेटर, ट्याक्टर, ब्याक्हुलोडर गरी २० भन्दाबढिमा तोडफोड भएको ट्राफिक प्रहरी प्रमुख सुकबहादुर बिकले बताए।

बिहान घटना भएलगत्तै गोरखाका निमित्त प्रहरी प्रमुख समेत रहेको डिएसपी बासुदेव खतिवडासहित नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन भए पनि स्थिती नियन्त्रणमा लिन सकेनन्। घटना भएको घण्टौँसम्म शव उठ्न नसक्नु र कयौँ सवारी साधन तोडफोड भएपछि घटनाले उग्ररुप लिने संकेत बढेको छ। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समास्या समाधान गर्न वार्ताको प्रयास भईरहेको बताए।

 

प्रकाशित: १७ माघ २०७६ १०:०४ शुक्रबार

टिपर महिला तनावग्रस्त