समाज

केरुङबाट आएकी एक महिलामा कोरोना संक्रमणको आशंका

रसुवा - चीनको केरुङबाट फर्किएकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा परीक्षण सुरु गरिएको छ। बिहीबार बिहान उपचारका जिल्ला अस्पताल पुगेकी एक महिलालाई संक्रमण भएको आशंकामा आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले बताए।

२४ वर्षीय यी महिला केरुङबाट माघ २ गते नेपाल आएकी थिइन्। यही माघ १३ गतेबाट उनी बिरामी परेकी थिइन्। सुरुमा धामीझांक्री लगाएको र ठिक नभएपछि अस्पताल पुगेको उनले बताएकी छिन्।

‘कोरोना भाइरसको लक्षण देखिएकाले हामीले छुट्टै राखेर उपचार गरिरहेका छौं’, उनले भने, ‘बिरामीको स्याम्पल पठाउने की बिरामी नै काठमाडौं पठाउने भनेर निर्णय भएको छैन।’ नाकाबाट संक्रमित व्यक्ति आउन सक्ने भन्दै अस्पतालले बुधबारदेखि नै छुट्टै कक्ष सञ्चालनमा ल्याएको थियो।

प्रकाशित: १६ माघ २०७६ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App