समाज

सहिदको सम्झनाका लागि सालिक निर्माण

काठमाडौं – काठमाठमाडौं महानगरले सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक निर्माण गरेको छ। दुवैको सालिक बुधबार अनावरण गरिएको छ। कामठमाडौंको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिष्णुमती नदी किनारामा चन्द र श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरेका हुन्। नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९४ साल माघ १५ मा तत्कालीन राणा शासकले श्रेष्ठ र चन्दलाई बिष्णुमती नदी किनारामा मृत्यु दण्ड दिएको थियो।

प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्तगर्ने सहिदलाई सम्झनाको लागि पूर्णकदको सालिक निर्माण गरिएको मेयर शाक्यले बताए। सहिदको योगदानलाई कसैले कहिले पनि भुल्न नहुने उनको भनाइ थियो। सहिदको सम्झनाका लागि महानगरले भौतिक पूर्वाधार, सुन्दर पार्क निर्माण तथा अन्य संरचना र सेवासँग सहिदको नाम जोड्दै लिएको जनाए। महानगरले १६ लाख १० हजार रुपैयाँमा सालिक निर्माण गरीएको जनाएको छ। यस्तै अर्का सहिद धर्मभक्तको जन्मस्थल नजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाटन निर्माण गरिएको छ।

प्रकाशित: १६ माघ २०७६ ०३:२५ बिहीबार

सहिद सालिक