समाज

साढे दुई किलो सुनसहित ६ जना पक्राउ

रसुवा- रसुवागढी नाकाबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन्।

रसुवागढीबाट काठमाडौं जान लागेको ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनका अनुसार सो सुनको मूल्य करिब १ करोड ६० लाख रुपैयाँ पर्दछ।  

प्रकाशित: १३ माघ २०७६ १०:१८ सोमबार

रसुवागढी_नाका सुन