रोल्पा - बुवाको जन्मजयन्तीको अवसर पारेर एक युवाले जेहेन्दार बिपन्न छात्रछात्रालाई न्यानो कपडा बितरण गरेका छन्। स्वर्गिय बुवा सुन्दर कुमार आचार्यको जन्मदिनको अवसरमा उनका छोरा बिनोद आचार्यले १० जना विद्यार्थीलार्ई ज्याकेट र टापी वितरण गरेका हुन्।
रोल्पा नगरपालिका ४ घर भएका आचार्यले रोल्पा नगरपालिका ३, खेवासेमा रहेको ईन्द्रेश्वरी माविमा गएर न्यानो कपडा बितरण गरेका हुन्। चिसोको मौसममा दिइएको न्यानो कपडाले विद्यार्थीहरुलाई जाडो छल्न सहज हुने रोल्पा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष राजन कवरले बताए।
स्वर्गीय सुन्दर कुमार आचार्यको जन्मदिनमा उहाँका छोराले गरेको सहयोगले विद्यार्थीलाई केहि सहज हुनेछ।’ वडा अध्यक्षले भने ‘सामाजिक सेवाको अन्य कुरासंग तुलना हुँदैन।
केहि दिन अघि पनि बुवाको स्मृतीमा भन्दै रोल्पा नगरपालिका १० धवाङका छात्रछात्रालाई न्यानो कपडा बितरण गरेका आचार्यले आगामी दिनमा पनि बिपन्न विद्यार्र्थीलाई शैक्षिक सहयोग गर्ने बताए।
प्रकाशित: १० माघ २०७६ ०३:५५ शुक्रबार