समाज

मकवानपुरमा मृत भेटिएका ८ भारतीयको शव स्वदेश लगिदै

काठमाडौं- उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको शव बिहीबार स्वदेश लगिदै छ। मंगलबार थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्।

भारतका विदेश राज्यमन्त्रट्ठ भी मुरलीधरनले ट्वीट गर्दै उनीहरुको शव वुधबार केरला लगिने बताएका छन्।

मृतकहरुमा भारत केरलाका करिब पाँच वर्षीय अभी, सात वर्षीया अर्चना, पाँच वर्षीय बैशनव, नौ वर्षीया बन्द्रा, ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रबिण र ३२ वर्षीया सरिया रहेका छन्।

उनीहरु सोमबार राति दुई कोठामा बसेको भए पनि अचेत अवस्थामा भने एउटै कोठामा भेटिएको थियो। मंगलबार बिहान अचेत अवस्थामा भेटिएपछि कैलाश एयरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंको हेम्स अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो।

 

 

प्रकाशित: ९ माघ २०७६ ०९:५१ बिहीबार

मकवानपुर पर्यटक मृत