समाज

जवरजस्ती करणी उद्योगमा दुई जना कारागार चलान

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अदालतले मंगलबार हत्या तथा जवरजस्ती करणी उद्योगमा दुई जनालाई कारागार चलान गरिएको छ। यहाँको आठराई त्रिबेणी गाउँपालिका हाङ्पाङका रमेश अधिकारी तथा सिदिङ्वा-७ सुरुम्खिमका जितमान राईलाई जवरजस्ती करणी उद्योगमा पुर्पक्षमा राखी अनुसन्धान गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै मंगलबारबाट अधिकारी र राईलाई कारागार चलान गरिएको हो।

अधिकारीमाथि जवरजस्ती करणी र कर्तव्य ज्यानको मुद्दा लागेको छ। उनी केहि समय अघिदेखि यहाँको फुलबारीकी मन्दिरा अधिकारी हत्या प्रकरणमा प्रहरी अनुन्धानमा थिए। उता राईमाथि जवरजस्ती करणीको अभियोग छ।

जिल्ला अदालतका नित्तिम श्रेष्तेदार रमेश सुबेदीका अनुसार राईमाथि एक महिलालाई जवरजस्ती करणी गरेको अभियोग छ। अहिले ती महिलाको साथमा बच्चा समेत रहेको अवस्थामा जाहेरी परेको थियो।

 

प्रकाशित: ७ माघ २०७६ १३:१२ मंगलबार

जवरजस्ती_करणी_उद्योग कारागार_चलान