समाज

गम्भीर घाइतेलाई आर्थिक सहयोग

खोटाङ– रावाखोला सेरोफेरो हङकङ परिवारले विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाइते भएका खोटाङका एक स्थानीयलाई आर्थिक सहयोग गरेको छ। विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाइते भएका केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्खुमका गणेश राईलाई एक लाख ३८ हजार ६ सय १५ रुपैयाँ सहयोग गरेको हो।

गत पुस ७ गते विद्युतको केन्द्रीय प्रशारणलाइन विस्तारका लागि पोल गाड्नेक्रममा गम्भीर घाइते भएका राईलाई रावाखोला सेरोफेरो हङकङ परिवारको अगुवाईमा हङकङबासी दाताबाट सहयोग संकलन गरेर प्रदान गरिएको हो।

संकलित रकम फलैंचा रेष्टुरेण्ट काठमाडौंमा आयोजित कार्यक्रममा पृथ्वी मावि बाक्सिलाका पूर्वप्रअ जितेन्द्रराज श्रेष्ठ र प्रअ रणबहादुर राईले घाइतेलाई हस्तान्तरण गरेका छन्। घाइतेलाई बाक्सिला लगायतका अन्य शुभेच्छुकले पनि सहयोग गरेको आफन्तले बताएका छन्।

प्रकाशित: ५ माघ २०७६ ११:३६ आइतबार

गम्भीर आर्थिक_सहयोग