समाज

माध्यमिक विद्यालयलाई प्रदेश सरकारको ५० लाख

श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई अनुगमन गदैै मन्त्री सोनल नेतृत्वको टोली ।

बारा- कलैया उपमहानगरपालिका १ मा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई प्रदेश नम्बर २ का सरकारले नमुना विद्यालय अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनालले शुक्रबार विद्यालयको अनुगमन गर्दे सहयोग रकमको घोषण गरेका हुन्।

१९८४ सालमा स्थापनमा गरिएको देशकै दोस्रो र जिल्लाकै पुरानो विद्यालयको पुनर्निर्माण र शैक्षिक गुणस्तर सुधार गर्नको लागि प्रदेश चालु अर्थिक वर्षमा ५० लाख रुपैयाँ सहयोग गर्ने मन्त्री जीतेन्द्र सोनलले बताएका छन्।

प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारको विकासका केन्द्रीत रहनुको साथै शैक्षिक क्षेत्रको विकासमा अघि सरेको दाबी सोनलले गरे।

शैक्षिक क्षेत्रको विकासको लागि प्रदेश सरकरले चालु आर्थिक वर्षदेखि प्रत्येक जिल्लाको एउटा विद्यालयलाई नमुना विद्यालय अन्तर्गत छनौट गरि त्यसको पूर्वाधार र शैक्षिक गुणस्तरको लागि पहिलो चरणमा ५० लाख रकम दिने योजना अघि सारेको प्रदेश मन्त्री सोनलको भनाइ छ।

९३ वर्ष पूरानो श्री ३ चन्द्र माध्यमीक विद्यालयको भवनहरु जीर्ण अवस्थामा रहेकोले गर्दा यसलाई नमुना विद्यालय अन्तर्गत छनौट गरि पहिलो चरणमा ५० लाख रुपैयाँ सहयोग गरिने र पछि पनि आवश्यकता अनुसार सहयोग गर्दे जाने सोनलले आश्वासन दिए।
 

 

प्रकाशित: ३ माघ २०७६ १३:५७ शुक्रबार

माध्यमिक_विद्यालय प्रदेश_सरकार