समाज

लागुऔषधसहित गजुरीबाट दुई जना पक्राउ

लागुऔषधीसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरिदैँ ।

धादिङ- धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।

काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख १७६० नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा लागुऔषध भेटिएको प्रहरीले जानकारी दिएका छन्। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय हेमन्त गुरुङ र भानु नगरपालिका वडा नं १ का १८ वर्षीय सन्दिप परियार रहेका छन्।

कपडाको झोलामा लुकाई ल्याएको लागुऔषध स्पासमो ट्याप्लेट दुई हजार पिस र ट्रामडोल ४५०० पिस लागुऔषध समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको खड्काले बताए।
 

 

प्रकाशित: ३ माघ २०७६ १३:२६ शुक्रबार

लागुऔषध पक्राउ