समाज

हिमपातले डोल्पा र जुम्लाको पैदल मार्ग अवरुद्ध

डोल्पा- डोल्पा र जुम्लाको सीमा नाका पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ। आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए।

भारी हिमपातले सरकारी कामकाज प्रभावित  

सदरमुकाम दुनैमा नै हिउँ जम्न थालेपछि अत्यधिक जाडोले सरकारी कार्यालयमा गरिने कामकाज समेत प्रभावित भएको छ। भारि हिमपातले कर्मचारीहरु कार्यालयमै जान सक्ने अवस्था नभएपछि कामकाज प्रभावित भएको हो। हिमपात पछि अत्यधिक जाडो भएको र कार्यालयमा बसेर काम गर्ने अवस्था पनि नभएको र बिभिन्न स्थानबाट आउनु पर्ने कर्मचारी हिमपातले बाटो अवरुद्द भएपछि आउन नसकेकाले कामकाज प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।  

प्रकाशित: ३ माघ २०७६ ०६:५१ शुक्रबार

हिमपात जुम्ला डोल्पा