समाज

भिरबाट लडेर घाईते युवकको उपचारको क्रममा मृत्यु

गोरखा- भिरबाट लडेर घाईते एक युवकको उपचारको क्रममा ज्यान गएको छ। गण्डकी गाउँपालिका १ का २३ वर्षिय मौसम थापाको उपचारको क्रममा बिहिवार गोरखा अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ। बुधवार माघे सक्रान्तीको अवसरमा सोही गाउँपालिकाको घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा बतासे नजिकै भिरबाट उनी लडेका थिए। मृत्यूपछि शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ।

प्रकाशित: २ माघ २०७६ १३:३० बिहीबार

भिर युवक