समाज

तौल तरिका

अहिले अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो महिना चल्दै छ। धेरैलाई यस वर्षदेखि तौल घटाउने रहर जागेको हुनुपर्छ। त्यसका लागि जिमखाना जान घडीको अलार्म मिलाउन थाल्नुभएको हुन सक्छ। डाक्टरहरूले भने अलार्म बन्द गर्नुपर्ने सुझाव दिन थालेका छन्।

निद्रा विशेषज्ञ डा. गाइ मिडोजले अचेल राम्ररी निद्रा नपर्दा शरीरमा बोसोको मात्रा ‘बडी फ्याट’ बढ्ने बताउन थालेका छन्। राम्ररी निदाउनु जिमखाना जानुभन्दा उत्तम उपाय हो। उनले दैनिक ७–८ घण्टा कम निदाउनुको अर्थ शरीरमा बोसोको मात्रा बढी हुनु हो भनेका छन्।

प्रतिरात ६ घण्टाभन्दा कम निदाउने व्यक्ति २७ प्रतिशत बढी मोटाउने खतरा हुन्छ। प्रतिरात ५ घन्टाभन्दा कम निदाउने व्यक्ति ७३ प्रतिशत बढी मोटो हुन्छ। पर्याप्त आराम नहुँदा खानाको तुष्टि जगाउँछ। भोक जगाउने हर्मन सक्रिय बनाउँछ। यसले खासगरी गुलियो खाने इच्छा बढाउँछ। एक अध्ययनअनुसार राम्ररी निदाउने व्यक्तिले तौल घटाउँदा आधाभन्दा बढी बोसो कम गरेको पाइएको छ।

डा मिडोज थप्छन् : तपाईं स्वस्थ र तन्दुरुस्त रहन इच्छुक हुनुहुन्छ भने जीवनमा सुताइलाई प्राथमिकतामा राख्नुपर्छ। सिकागो विश्वविद्यालयले सन् २०१० मा गरेको अध्ययनअनुसार खानामा परहेज गरिरहेका व्यक्तिले रातभरिको निद्रापछि  घटाएको तौलमा आधा बोसो नै थियो।

जसले निद्रा घटाएका थिए, तिनको बोसो कम नभएको मात्र थिएन, तिनले बढी भोक लागेको महसुससमेत गरेका थिए। वैज्ञानिकहरूले सन् २०१८ मा पत्तालगाएअनुसार जो प्रत्येक रात ७ देखि ९ घन्टा सुत्छन्, तिनले कम्ता भोक महसुस गर्छन्।
द सन

प्रकाशित: १ माघ २०७६ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App