समाज

राजगुठीको जग्गा व्यक्तिको नाममा

काठमाडौं - ठमेलस्थित छाँयादेवी कम्प्लक्ेसको जग्गा राजगुठीबाट व्यक्तिको नाममा गएको भएको तथ्य फेला परेको छ। शंकरप्रसाद शाह र उनकी बहिनी अम्बिका राणाको हाउजिङ कम्पनीको नाममा नामसारी गरिएको कमलपोखरीको जग्गा आफ्नो नातेदार हिमालय शमशेर राणाकी छोरी तथा पृथ्वीबहादुर पाँडेकी श्रीमती प्रतिमा राणा पाँडेको नाममा नामसारी गरिएको सरोकारवालाहरूको दाबी छ।

जालसाजीपूर्ण ढंगले राजगुठीको जग्गा व्यक्तिको नाममा ल्याई छाँयादेवी कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियान्ताहरू बताउँछन्। सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै कमलपोखरी पुनःस्थापना अभियन्ताहरूले २०६३ सालमा कित्ता नम्बर १६१८ लाई कित्ता नम्बर २४१२ मा परिवर्तन गरी अम्बिका राणाको हाउजिङ कम्पनी सुरेशायको नाममा नामसारी गरेको बताए। त्यस्तै कित्ता नम्बर १६१६ र कित्ता नम्बर १६१७ शंकरप्रसाद शाहको नाममा राखेको उक्त जग्गा २०६४ मा पाँडेको नामसारी गरी कमलपोखरीको जग्गामा छायाँदेवी कम्प्लक्ेस निर्माण गरिएको सरोकारवालाको भनाइ छ।

२०४२ सालको गुठी संस्थानको कार्यालयमा रहेको फिल्डबुकमा भने सार्वजनिक पोखरी नै कायम रहेको जग्गा व्यक्तिको नाममा पुग्नु गम्भिर भएको ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानका अध्यक्ष भागवतनरसिंह प्रधानको भनाइ छ। पृथ्वीबहादुर पाँडेद्वारा सञ्चालित तथा अध्यक्ष रहेको व्यापारिक भवन छायाँदेवी कम्पलेक्स प्रालिले २०६५ सालमा नै पोखरी मासी व्यापारिक भवन बनाउन थालेपछि स्थानीयले बिरोध गर्दै प्रदर्शन गरेका थिए। बिरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको प्रधानको भनाइ छ।

‘छायाँदेवी कम्प्लेक्स प्रालि बनेको स्थान ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वको पोखरी हो, पोखरी धार्मिक, साँस्कृतिक महत्वको हो भन्ने २०३३ सालको मिलापत्रले खुल्छ’, उनले भने, ‘१९७८ सालमा केयुर शमशेरका बुबा केशर र २०२६ सालमा नै केयुर शमशेरले गुठीको पोखरी भनी स्वीकारेका छन्, यस्तो पोखरीमा मोही लाग्ने नेपालमा कुनै कानुनी प्रावधान छैन।’

हजारौं वर्ष पुरानो ठमेलस्थित स्थानीय नेवार समुदायको संस्कृति र सभ्यतासँग जोडिएको धार्मिक, ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक तथा प्राचीन कमलपोखरी गुठीयार, गुठी संस्थान, मालपोत कार्यालय आदीलाई सत्ता, शक्ति र पैसाको आडमा प्रभावमा पारेको प्रधानको भनाइ छ। अतिक्रमण गरेर उक्त पोखरीमा हाल छायाँदेवी कम्प्लेक्सले व्यापारिक भवन बनाएपछि आफूहरूले बाध्य अहिले फेरी संघर्ष गर्नुपरेको बताए।

प्रकाशित: २९ पुस २०७६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App