समाज

यस्तो छ तीन दिनको मौसम

काठमाडाैँ - पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ।

मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि बदलीसहित वर्षा तथा हिमपात हुने प्रवृत्ति दोहोरिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

तीन दिनको मौसम पूर्वानुमान

पुस २८ गते (सोमबार)

दिउँसो देशका पहाडी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। तराई भू(भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। राति देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भई अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

पुस २९ गते (मंगलबार)

दिउँसो स् देशका पश्चिमी भू(भागमा  सामान्य बदली भई अन्य पहाडी भू(भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

राति  देशका पश्चिमी भू(भागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

 माघ १ गते (बुधबार)

दिउँसो स् देशका पश्चिमी भू(भागमा आंशिकदेखि  सामान्य बदली भई अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू(भागका थोरै  स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ। राति  देशभरको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २८ पुस २०७६ ०८:०९ सोमबार

महाशाखा मौसम