समाज

पूर्व विद्यार्थीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

गोरखा- दुई पूर्व विद्यार्थीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ को शैलपुत्री माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। आइतबार विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल अष्ट्रेलिया रहेका संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन्।

आइतबार विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा हजुरबुवा भैरप्रसाद अम्गाईको सम्झनामा विद्यालयमा ‘भैर अम्गाई स्मृती बिकास कोष २०७६’ स्थापना गरिएको स्थानीय राजु अधिकारीले बताए। अम्गाई र श्रेष्ठ दम्पती हुन्। उनीहरुले २०६५ सालमा शैलपुत्री माविबाट एसएलसी उर्तिण गरेका थिए। हाल उनीहरु अष्ट्रेलियामा बस्दै आएका छन्।

उक्त कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने साथै कला संगीत, खेलकुद लगायत बहुविधामा मेधावी विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउने कोष सञ्चालन कार्यविधिमा उल्लेख छ।

 

प्रकाशित: २८ पुस २०७६ ०७:४५ सोमबार

विद्यार्थी अक्षयकोष विद्यालय