समाज

दुई फरार प्रतिवादी पक्राउ

महोत्तरी- महोत्तरी प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय तोएिर फरार रहेका सोनमा गाउँपालिका ४ बस्ने ३० वर्षिय हरिनायण यादव र औरही नगरपालिका ४ का ३६ वर्षिय रामनाथ यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला अदालत महोत्तरीले हरिनायण यादवलाई ७५ हजार रुपैयाँ र रामनाथलाई ८० हजार रुपैयाँ जरिवाना तोकेदेखि नै उनीहरु फरार रहँदै आएकोले खोजि गर्ने क्रममा दुवै जनालाई फरक फरक स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

इप्रका गौशालाको टोलीले रामनाथलाई गौशाला नगरपालिका ५ स्थित बजारबाट र रामनाथलाई औरही नगरपालिका ४ बाट पक्राउ गरेको हो। हरिनारायण हातहतियार खरखजाना मुद्दा र रामनाथ चोरी मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ पुस २०७६ १४:०० शनिबार

फरार प्रतिवादी