समाज

स्रोत नखुलेको ७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

रसुवा - स्रोत नखुलेको ७ हजार अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान रसुवागढी नाका हुँदै केरुङ जान लागेका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका २२ वर्षीय कान्छाकुमार घले पक्राउ परेका हुन्।

बिहान सवा ९ बजे प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। स्रोत नखुलेको डलर लैजान लागेको सूचनाको आधारमा उनलाई प्रक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले बताए।
प्रक्राउ परेका घलेलाई जिल्ला प्रहरी कार्यालयमा पठाउने उनको भनाइ छ।

 

प्रकाशित: २६ पुस २०७६ ०७:०१ शनिबार

अमेरिकी_डलर पक्राउ