समाज

लागुऔषधसहित दुई युवक पक्राउ

लागुऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी ।

लहान- सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–३ ठाढीबाट प्रहरीले लागुऔषधसहित बिहीबार दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सखुवानन्कारकट्टी गाउँपालिका ५ का २३ वर्षीय मोहम्मद अजिम र २४ वर्षीय मोहम्मद सहमत राईन छन्।

पक्राउ परेका अजिम र सहमतको साथबाट ४७ एम्पुल प्रोमोथाईजिन, ४७ एम्पुल डाइजापाम र ४७ एम्पुल नोर्फिन बरामद भएको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। कूल १४१ एम्पुल लागुऔषधसहित पक्राउ परेका दुबैलाई लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको उनले बताए।

 

प्रकाशित: २५ पुस २०७६ ०८:४९ शुक्रबार

लागुऔषध युवक