समाज

भूकम्प दिवसको उद्घाटन प्रधानमन्त्रीबाट

भक्तपुर – आगामी माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली गर्ने भएका छन्। भक्तपुर नगरपालिकाको आयोजनामा हुने दिवसको उद्घाट प्रधानमन्त्रीबाट गराउने निर्णय भएको दिवस व्यवस्थापन उपसमितिले जानकारी दिएको छ। राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोहको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्ने छन्। नगरप्रमुखको नेतृत्वमा लामगाल पुखुबाट दिउँसो २ बजे -याली निकाल्ने निर्णय भएको बताइएको छ।

उक्त समयमा जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापन सम्बन्धि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ। ¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारी, नेपाली सेना, महानगरीय प्रहरी परिसर (जगाती वृत्त) सशस्त्र प्रहरी बल (व्यान्डसहित), स्थानीय, विद्यार्थीलगायतको सहभागीता रहने भएको छ। ¥यालीमा स्थानीय पहिचान झल्कने झाँकीसमेत प्रदर्शन गरिने बताइएको छ।

प्रकाशित: २५ पुस २०७६ ०४:०५ शुक्रबार

भूकम्प_दिवस