समाज

आज दिनभरि नै पानी र हिउँ पर्ने, भोलि पनि बदलीको सम्भावना !

 काठमाडौं - देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ। पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार पश्चिमी वायुको प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ।

शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकोले जाडो बढ्ने र चिसोबाट जोगिने सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातिः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २६ गते (शनिबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २४ पुस २०७६ ०३:०५ बिहीबार

मौसम_पूर्वानुमान