समाज

ओखलढुंगामा एक व्यक्ति मृत फेला

ओखलढुंगा– ओखलढुंगामा एक व्यक्ति मृत भेटिएका छन्। सिद्धिचरण नगरपालिका–८ सल्लेरी जरङगेका कालुराम गुरुङ्ग मृत भेटिएका हुन्।

मंगलबार साँझ सोही ठाउँका पूर्णबहादुर तामाङको घरको आगनमा गुरुङ्ग मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए।

तामाङकी श्रीमती शौचालय जान घर बाहिर निस्कदा आगनमा लडिरहेका गुरुङ्गलाई फेला पारेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अत्यधिक मदिरा सेवनका कारण अचेत भएका गुरुङ्गको चिसोले कठ्याङ्ग्रीएर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

 

प्रकाशित: २३ पुस २०७६ १३:१४ बुधबार

ओखलढुंगा व्यक्ति मृत