समाज

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

ओखलढुंगा–ओखलढुंगामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ।

गत राती भएको दुर्घटनामा सुनकोशी गाउँपालिका–१ भिरगाउँका ४५ वर्षीय शेरबहादुर मगरको ज्यान गएको हो।

सुनकोशी गाउपालिका–३ सिस्नेरी भञ्ज्याङ्गबाट घर जादै गर्दा ६५ प ७४७३ नम्बरको मोटरसाईकल दुर्घटनामा परि मगरको घटना स्थलमै ज्यान गएको थियो।

आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई सडक भन्दा करिब ३०० मिटर तल झरेको थियो। मोटरसाईकलको पछाडी सवार सोहि गाउँका कासिराम थापा सामान्य घाईते भएका छन्। 

घटनाको विषयमा थप अनुसन्धान भईरहेको निरीक्षक मिलन बस्नेतको भनाई छ। मगरको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्तपताल रुम्जाटारमा ल्याईएको छ।

प्रकाशित: २२ पुस २०७६ ११:३१ मंगलबार

दुर्घटना