समाज

७५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ

अख्तियारले पक्राउ गरेको नापी सर्वेक्षक। तस्विरः रितेश त्रिपाठी

वीरगन्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोलीले वीरगन्जको नापी शाखा कार्यालयबाट ७५ हजार रुपैयाँ घुस सहित नापी सर्वेक्षक पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले पर्साको वीरगन्ज ९ रानीघाटस्थित नापीकार्यालयमा छापामारी गरि सर्वेक्षक रामनरेश पासवानलाई घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको अख्तियारको टोलीले नापी सर्वेक्षक पासवानलाई सेवाग्राहीको सूचना आधारमा पक्राउ गरेको हो। अख्तियारको टोलीले वीरगन्जकार्यालय अन्तरगतको २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो। 

अख्तियारको टोलीका अनुसार पक्राउ परेका सर्वेक्षक पासवानले कार्यालय समयपछि साँझसेवाग्राहीलाई बोलाएर घुसको रकम लिएका थिए। सोहीक्रममा उनलाई रङ्गे हातपक्राउ गरिएको बताइएको छ।

घुसको रकमसहित पासवानलाई आवश्यक कारबाहीको लागि सर्जमिन मुचुल्कापछि आयोगको हेटौंडा कार्यालय लैजाने भट्टराइले बताए। 
 

 

प्रकाशित: २१ पुस २०७६ १४:२५ सोमबार

घुस पक्राउ