समाज

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त पक्राउ

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ रंगेली नगरपालिका २ घर भएका ४३ वर्षे नेपाललाई प्रहरीको अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो। नेपालमाथी नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब (५० मिलियन डलर) रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजाने योजनामा सहयोग गरेको अभियोग छ।

 नेपालको साथबाट एक करोड रुपैयाँ फेला परेको छ। अपराध महाशाखाका प्रवक्ता मुकेशकुमार सिंहका अनुसार आवश्यक कारवाहीका लागि नेपाललाई काठमाडौं जिल्ला अदालत पठाईएको छ। 

प्रकाशित: २० पुस २०७६ ०८:४४ आइतबार

ह्याकिङ पक्राउ