समाज

डोल्पामा पहिलो पटक गुठी व्यवस्थापन समिति गठन

डोल्पा– हिमाली जिल्ला डोल्पामा रहेको कर्णाली प्रदेशकै प्रमुख धार्मिक शक्तिपीठ श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा पहिलो पटक गुठी ब्यवस्थापन समिति गठन गरिएको छ।

मन्दिरका मुख्य पुजारी टंकप्रसाद उपाध्यायको अध्यक्षतामा २२ सदस्यीय गुठी ब्यवस्थापन समिति गठन भएको हो। मन्दिरको पुजापाठ ब्यवस्थापन आर्थिक पारर्दशिता एवं मन्दिरको भौतिक संरचना निर्माण र संरक्षणमा सहयोग गर्ने उद्देश्यले गुठि ब्यवस्थापन समिति गठन गरिएको समितिका सदस्य सचिव तुलबहादुर विष्टले बताए।

श्री गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा संस्कृति सम्पदा ब्यवस्थापन शाखा काठमाडौंले गुठी संस्थान ऐन २०३३ को दफा १६ र १७ बमोजिम गुठी ब्यवस्थापन समिति गठन गर्न परिपत्र गरिएको छ। 

 

प्रकाशित: १९ पुस २०७६ ११:५७ शनिबार

श्रीवाला_त्रिपुरासुन्दरी गुठी