समाज

चार जनाको मृत्यु ५ घाइते, १ बेपत्ता

बाजुरा- कर्णाली नदीमा भएको जीप दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। जीपमा सवार एक १३ वर्षकी बालिका बेपत्ता भएकी छन्। कर्णाली करिडोर अन्र्तगत पर्ने हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरबाट जीप खसेको हो।

से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो। जीप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउदै गरेको थियो नौ जना यात्रु सवार जीप सडकबाट ५ सय मिटर तल नदीमा खसेको हो।

कर्णालीमा जीप खस्दा चालकसहित चार जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ। मृत्यु हुनेमा जीप मालिक समेत रहेका जगन्नाथ गाउँपालिका ५ गोत्रीका २७ वर्षका रमेश शाहीकोसमेत ज्यान गएको छ। शाही स्वयं आफैले जीप चलाईरहेका थिए।

त्यस्तै हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने ३५ वर्षका पवन भण्डारी, कैलाली महोन्याल गाउँपालिका ५ बस्ने ३३ वर्षका दिनेशकुमार घर्तीमगर र मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने ३८ वर्षका प्रेमा लामा रहेको प्रहरी प्रमुख उद्धवसिंह भाटले बताएका छन्।

जीपमा सवार १३ वर्षकी शुशिला विक बेपत्ता रहेको प्रहरीले बताएको छ। जीप कर्णाली नदीमै खसेकोले उनको शव खोजीमा समस्या देखिएको प्रहरीले बताएको छ। चालककै लापरवाहीका कारण जीप दुर्घटना भएको अनुमान गरिएपनि चालक स्वयंको ज्यान गुमाएकोले थप अनुसन्धान जारी रहेको छ।

दुर्घटनामा घाइते भएका मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने २० वर्षका गोम्चो लामा, सोही ठाँउका २१ वर्षका तोर्च लामा, बुढिन्नदा ६ बस्ने २२ वर्षकी सरु विक र उनकी २ वर्षकी छोरी रहेकी छन्। घाइते चारै जनालाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ।
    

प्रकाशित: १७ पुस २०७६ १३:४२ बिहीबार

कर्णाली_नदी जीप_दुर्घटना