समाज

खोटाङमा बलात्कारका घटना बढे

खोटाङ- खोटाङमा वर्ष दिनको अवधिमा बलात्कारका घटना अधिक भएको पाइएको छ। २०७५ पुस १५ गतेदेखि हालसम्म जिल्लामा ११ वटा बलात्कारका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जनाएको छ।

मंगलबार दिक्तेलमा आयोजित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०’ को वार्षिक समिक्षा कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका प्रतिनिधि रामधन राईले यस अवधिमा ५ जना महिला र ६ जना बालिका बलात्कारको शिकार भएको जानकारी दिए। वर्ष दिनको अवधिमा ६ महिला र १ जना बालिकामाथि बलात्कारको प्रयास भएको इन्सेकले जनाएको छ।

यस्तै, वर्ष दिनको अवधिमा जिल्लामा ४ वटा हत्या, ४ वटा कुटपिट÷घाइते, १ वटा हत्या प्रयास, १ वटा बहुविवाह, नागरिक तथा राजनीतिक अधिकार हनन्का १ वटा, ४ वटा भौतिक संरचनाहरुमा क्षति भएको ईन्सेक प्रतिनिधि राईले बताए।

हत्या हुनेमा १ जना पुरुष, २ जना महिला र १ जना बालिका छन्। विप्लव नेतृत्वको कार्यकर्ता गिरफ्तार १ जना, ३ वटा स्काभेटर र १ वटा सरकारी गाडीमा क्षति पुगेको इन्सेकको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १५ पुस २०७६ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App