समाज

मृतकको आफन्त खोज्दै प्रहरी

आईतबार नवदुर्गा–१ को वनमामा फेला परेको वेवारिसे शव।

डडेल्धुरा– वेवारिसे शव फेला परे पछि प्रहरीले आफन्त खोज्न थालेको छ।

नवदुर्गा गाउँपालीका–२ को प्रगतीशिल कबुलियती बन स्थित उच्चेपत्तर डाँडामा आईतबार बिहान एउटा वेवारिसे शव फेला परेको थियो।

बिहान करिब साढे १० बजेको समयमा अन्दाजी ४०–५० वर्षको पुरुष ब्यक्तीको बेवारिसे शव फेला परेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनकारी दिएको हो।

शव सनाखन हुन नसक्ने अवस्थामा रहेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। शवको घटनास्थल जाँची प्रकृती मुचुल्का समेतको प्रारम्भिक कार्य गरी पोष्टमाटमको लागी डडेल्धुरा अस्पताल ल्याईएको छ। 

 

प्रकाशित: १४ पुस २०७६ ०८:२५ सोमबार

शव